पोखरा, फागुन २२ गते ।
गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका छन् ।
मुख्यमन्त्री पाण्डेले वैशाख १५ गते सिम्खडा र २९ वैशाखमा जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले २ मन्त्रीलाई बर्खास्त गरी दुवै मन्त्रालयलाई आफ्नो मातहतमा राखेका छन् ।
(onlinekhabar)









