निजामती विधेयकलाई अन्तिम रूप दिएर संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री


काठमाडौं, फागुन १७ गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयकलाई अन्तिम रूप दिएर संसदमा लैजाने तयारी भइरहेको बताएका छन् ।

बिहीबारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहका अधिकार र कार्यक्षेत्रमा रहेका द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्न कार्यविस्तार र परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् ।

उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रुप दिएर सदनमा लैनाने तयारीमा छौं ।’

संघीय निजामती सेवा विधेयक भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरे पनि अहिलेसम्म संसदमा दर्ता भएको छैन ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको