काठमाडौं, फागुन १७ गते ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर २४७ रन बनाएको थियो ।
यो जारी शृङ्खलामा कुनै पनि टोलीले बनाएको सबैभन्दा उच्च स्कोर हो। नेदरल्याण्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पारी खेले । उनले १३५ रन बनाए । यो जारी सिरिजमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो।
उनले आक्रामक प्रस्तुति गर्दै ६२ बलको सामना गर्दा १० छक्का र ११ चौका प्रहार गरे। साइब्रान्डले पनि अर्धशतकीय पारी खेले । उनले ४० बलको सामना गर्दै पाँच छक्का र सात चौका प्रहार गरे। तेजा निदामानुरुले पनि टोलीको खातामा १८ रन जोडे । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।
श्रोत रातोपाटी









