काठमाडौं, फागुन ९ गते ।
काठमाडौंको सितापाइलामा तीन जनाको शव फेला परेको छ । घरको कोठाभित्र एक महिला, बालक र एक बालिका मृत फेला परेका हुन् । उनीहरुको हत्या भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठामा तीनजनाको शव भेटिएको सूचना पाएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेको बताए ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ ।
श्रोत सेतोपाटी











