बर्दिबासमा सडक भोजन महोत्सव


बर्दिबास, फागुन ५ गते ।

सडक, खाना र पर्यटनबीचको अन्तरनिर्भर सम्बन्धलाई सुमधुर बनाउन होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बिपी राजमार्गको प्रवेशविन्दु बर्दिवासमा सडक खाना महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव आजदेखि फागुन ७ गतेसम्म चल्नेछ ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका मधेश प्रदेश अध्यक्ष हिरा गौतमका अनुसार बर्दिवास सडक खाना महोत्सव हाम्रो मात्रै नभएर मधेस प्रदेशका लागि नौलो अभ्यास र पहिलो थालनी हो ।

‘मधेस प्रदेशका ८ वटै जिल्लाको भोजन संस्कृतिलाई समेट्न रौतहटको कटिया (मासुको परिकार), बाराको सेकुवा, धनुषाको तरुवा (मिथिलाको भोजन), सिरहाको कमलाको माछा र सप्तरीको बरामझियाको पेडा एउटै थालमा खाने व्यवस्था गरिएको छ ।  उहाँले भन्नुभयो, जिल्लाहरूबीचको सामाजिक, सांस्कृतिक र व्यावसायिक सहयोग, सम्बन्ध र सौहार्दतामा वृद्धि हुनेमा हामी आशावादी छौं।”

तीन दिनसम्म चल्ने सडक भोजन महोत्सवले व्यापारलाई तिव्रता दिनुका साथै आन्तरिक पर्यटनको जगमा इँटा थप्ने काम गर्ने बताउनुभयो । मधेस प्रदेशको भोजन संस्कृति, सृजना, स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वासका साथ सडक भोजन महोत्सवको आयोजना गरिएको हो ।

त्यसैगरी महोत्सवमा ५० होटलले सेवा एउटै थलोबाट दिने व्यवस्था मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष गुञ्ज खड्काले जानकारी दिए । मधेश प्रदेशको भोजन संस्कृतिलाई यसै थलोबाट पस्कने जमर्को पनि गरेका छौं । महोत्सवमा सडक भोजनका साथै स्थानीय र राष्ट्रिय कला संस्कृतिको प्रस्तुतिको व्यवस्था पनि मिलाइएको छ । यसले मधेश प्रदेश र बर्दिबासको पहिचान अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा छू, उहाँले भन्नुभयो ।

उहाँका अनुसार महोत्सव आयोजनामा ​​१५ लाख खर्च हुने अनुमान छ । जसमध्ये बर्दिवास नगरपालिकाले साढे ६ लाख सहयोग गरेको छ । ‘यो नयाँ अभ्यास र मधेस प्रदेशको पहिलो प्रस्तुति भएकाले महोत्सवको सफलताका लागि सबैले सहयोग, शुभेच्छा र सहभागिता हुनुपर्छू, उहाँले भन्नुभयो ।

महोत्तरी होटल तथा पर्यटन व्यवसायी संघका महासचिव नारायण घिमिरेले महोत्सवमार्फत भुजिया, तरवा, बगिया, करी वरी जस्ता परिकारको स्वाद र पहिचान बढाएर मधेसको मौलिक खानालाई व्यवसायिकरण गर्ने सोच रहेको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव परमेश्वर महतोले पनि कोरोनापछिको आर्थिक मन्दीबाट प्रभावित बजारलाई सञ्चालनमा ल्याउने उद्देश्यले सडक खाना महोत्वस आयोजनको तयारी गरेको जानकारी दिनुभयो ।

‘यो महोत्सव आफैँमा नयाँ प्रस्तुति भएकाले यसबारे सबैको चासो र जिज्ञासा बढेको छ, मधेसका सबै समुदायको
भोजन संस्कृतिलाई समेट्ने प्रयास गरेका छौं ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको