
काठमाडौँ, फागुन ४ गते ।
दाङको घोराहीको दामोदर चोकमा सहायक हवल्दार यमबहादुर झाँक्रीले श्रीमती धनमाया थापाको गोली हानी हत्या गरेका छन् । धनमाया पनि प्रहरी जवान हुन् ।
सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले मार्ने ‘योजना’ बनाएर तालिम केन्द्रबाट पेस्तोल लिएको पाइएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा मुनिका प्रहरीलाई पेस्तोल बोक्न पाउँदैनन् ।
तर, जिन्सीमा कार्यरत हवल्दारलाई यमबहादुरले फकाएर पेस्तोल लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापा निलम्बन गरिएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।
फागुन ३ गते साँझ यमबहादुर झाँक्रीले श्रीमतीलाई ३ राउण्ड गोली गरेका थिए । हत्या आरोपी जुडो प्रशिक्षक पनि हुन् । धनमाया र यमबहादुरको नाबालिग छोरी छन् ।
श्रोत रातोपाटी