माओवादीले गर्‍यो ३ दिनमा ७ लाख ९८ हजार २ सय रुपैयाँ बचत


काठमाडौं, फागुन ४ गते ।

नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसदको अधिवेशन अवधिभर ७ लाख ९८ हजार २ सय रुपैयाँ बचत गरेको छ ।

काठमाडौंको प्रज्ञा भवनमा फागुन १ देखि ३ गतेसम्म चलेको विधान अधिवेशन को अन्तिम दिन बिहीबार कोषाध्यक्ष श्रीराम ढकालले आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनमा ३३ लाख ६६ हजार पुगेको उनले विवरण पनि प्रस्तुत गरेका थिए ।

ढकालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका विभिन्न तहका समितिबाट नौ लाख ३५ हजार प्रवेश शुल्क र आठ लाख लेबीसहित ३३ लाख ६६ हजार आम्दानी भएको उल्लेख छ ।

त्यसमध्ये २५ लाख २८ हजार खर्च भएको र बाँकी बचत भएको ढकालले बताए ।

तीन दिनमा हल भाडा ९ लाख, खाजा ९ लाख, झण्डा ६० हजार, पानी २५ हजार, चिया १० हजार, स्वयंसेवकलाई खाना ६८ हजार, कुर्सी भाडा ४० हजार, स्वयंसेवक परिचालन ८० हजार, एक सेट सञ्चारमा एक लाख खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

ढकालका अनुसार व्यवस्थापिका–संसद्को अधिवेशनमा १ हजार १६५ प्रतिनिधि सहभागी हुने भनिए पनि ९ सय ३५ जनाको सहभागिता रहेको र ७ सय ८१ जनाको मात्रै उपस्थिति रहेको थियो ।

बैठकका लागि आवश्यक पर्ने कपी पेन प्रधानमन्त्री कार्यालयबाट शिष्टाचार प्राप्त भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिरको प्रति माओवादीको व्यवस्थापिका अधिवेशनमा सहभागीहरुलाई वितरण गरिएको छ ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको