भारतका किसानको आह्वान आज देशभर बन्द


फागुन ४ गते । 

भारतका किसानले आज देशभर बन्दको आह्वान गरेका छन् । संयुक्त किसान मोर्चा लगायत किसान संगठनहरूले संयुक्त रूपमा ग्रामीण भारत बन्दको आह्वान गरेका हुन् ।

भारतका ग्रामीण क्षेत्र बन्द भएकाले आज खेतीपातीका कामहरु बन्द छन् । बजार, पसल र अन्य व्यापार पनि बन्द छन्। यो बन्दलाई कांग्रेस, कम्युनिष्टलगायत दल र किसान संगठनले समर्थन गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बन्दका कारण राजधानी दिल्लीलगायत राज्यमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

किसानको कृषि ऋण माफ हुनुपर्ने, उपजको उचित मूल्य पाउनुपर्छ, विगतको आन्दोलनमा परेका किसानमाथि मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् । किसानहरुले राजधानी नयाँदिल्ली पुगेर सरकारसमक्ष आफ्ना मागहरु सुनाउने भन्दै फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि थालेका थिए । तर विभिन्न प्रदेशले सीमा नाका बन्द गरेर किसानलाई रोकेका छन् ।

उनीहरु सडकमा खाने, बस्ने र सुतिरहेका छन् । किसानलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्यास समेत प्रहार गरेको थियो ।

कृषक प्रतिनिधि र सरकारबीच बिहीबार राति भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बेलुका ८ बजे सुरु भएको वार्ता साढे १ बजे रातिसम्म चलेको थियो ।

वार्ता असफल भएपछि उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि ४ बजेसम्म बन्दको आह्वान गरेका थिए ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको