नवलपरासी पश्चिममा हजुरबुवा र नाती मृत फेला


फागुन १ गते ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहावा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरन चमार मृत अवस्थामा फेला परेका छन् ।

उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरभन्दा करिब ५०० सय मिटर दक्षिणमा मृत अवस्थामा फेला परेका थिए । उनीहरुको शव १५ मिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए । उनीहरु विगत ४र५ वर्षदेखि खपट्टाले छाएको कच्ची छाप्रोमा बसोबास गर्दै आएका थिए ।

यक्षलाल एक छोरा, बुहारी र दुई नाती र एक नातिनीसँग बस्दै आएका थिए । उनका छोरा डेढ महिनाअघि रोजगारीका लागि भारत गएका थिए । श्रीमान भारत गएपछि बुहारी पनि एक छोरा र छोरी लिएर भारतको माईत गएकी थिइन् । यक्षलाल एउटै नातिसहित घरमा बस्दै आएका थिए ।

दुई जनाको शव फेला परेको सूचना पाएलगत्तै प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यको कमाण्डमा प्रहरी घटनास्थल पुगेको थियो । उनीहरुको मृत्युको कारण खुल्न नसकेको र तालिम प्राप्त कुकुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको