
काठमाडौँ, माघ २६ गते ।
विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रबार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता र कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो ।
२०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने तयारी तीव्र गतिमा अघि बढेको आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए ।
त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता नत्यागेका नेपालीको मात्र नाम मतदाता सूचीमा समावेश गरिने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई मात्र सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने व्यवस्था गरेको छ ।
श्रोत रातोपाटी