फस्ट बेञ्चर खरदार भए, लास्ट बेञ्चर म मुख्यमन्त्री भएँ : केदार कार्की


विराटनगर, माघ २४ गते ।

कोशी प्रदेशका मुख्यमन्त्रीले सामुदायिक विद्यालयमा दिएको अभिव्यक्ति भाइरल भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा उनले विद्यालय र विद्यालयका प्रतिभाशाली विद्यार्थी ९फर्स्ट बेञ्चर० खरदार भए पनि आफू लास्ट बेन्चर भएर पनि मुख्यमन्त्री बनेको दाबीका थिए ।

उनको भाषणको भिडियो फेसबुकमा भाइरल भएको छ । दुई दिनअघि बोल्दै उनले भनेका थिए, ‘म पनि लास्ट बेन्चमा बस्ने विद्यार्थी हुँ । फस्ट बेन्चमा बस्नेलाई पढ्न लेख्न मात्रै थाहा थियो, ऊ अहिले खरिदार छ, म मुख्यमन्त्री छु । कसरी हुन्छ उसले भुँडी भर्न मात्र जान्यो ।’

कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताएका छन् । सर्टिफिकेटमा दिइएको अङ्कले मात्र ज्ञान मापन हुदैन, उनको भनाइ छ । उनले आफ्नो मन्तव्यमा भने, ‘सर्टिफिकेटमा ध्यान दिएर यति धेरै अंक ल्याएर पास गरेर ज्ञान हासिल गर्न सकिँदैन । सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।’

अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र पढेबिना डिग्री पाउन नसक्ने उनले बताए । चाणक्यले कुन विश्वविद्यालयबाट पीएचडी गरे थिए रु मलाई देखाउनुहोस्,’ उनले विद्यार्थीलाई प्रश्न समेत गरेका छन् । मुख्यमन्त्रीले गरेको भाषणप्रति विद्यार्थीले समर्थनमा हुटिङ लगाएको सार्वजनिक भिडियोमा देखिन्छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको