राइड सेयरिङ एपलाई सेवा उद्योगको मान्यता


Deep Diamond

काठमाण्डौं, माघ २३ गते ।

सरकारले राइड सेयरिङलाई सेवा उद्योगको रुपमा मान्यता दिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६ लाई परिमार्जन गर्दै सरकारले राइड सेयरिङलाई सेवा उद्योगको रुपमा मान्यता दिएको छ ।

गत माघ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची(८ को क्रमसंख्या ६६ थप गर्दै मान्यता दिएको हो।

सेवा उद्योगको हैसियतमा राइड सेयरिङ एपहरू अब विभागमा दर्ता हुनुपर्नेछ ।

ऐनमा आधारित भई यस्ता कम्पनीहरूले दर्ता गरी सञ्चालनमा आएपछि कानुनविपरीत कुनै पनि काम भएमा कम्पनीलाई कारबाही गरिने छ । कानुनी मान्यता पाएपछि अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न सजिलो हुने भएको छ ।

यसबाहेक, यी एपहरूले यातायात ऐनबाट कुनै मान्यता प्राप्त गरेका छैनन् । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था विधेयक, २०८० तयार गरेको छ ।

श्रोत सेतोपाटी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको