इजरायली आक्रमणमा परी गाजा सहरमा कम्तीमा २५ जनाको मृत्यु


काठमाडौं, माघ ४ गते ।

बुधबार गाजा सहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । रिपोर्टका अनुसार इजरायली बम विस्फोटमा दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ ।

दर्जनौँ घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गाजा पट्टीमा इजरायली गोलाबारीबाट १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ । यससँगै स्ट्रिपमा जारी इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २४ हजार ४ सय ४८ पुगेको छ भने घाइतेको संख्या ६१ हजार ५०४ पुगेको छ ।

श्रोत गोरखापत्र


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको