राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि चार दलको बैठक जारी


काठमाडौँ, पुस २२ गते ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत चार दलका नेता बैठकमा सहभागी छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँडका विषयमा छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, संयुक्त समाजवादी पार्टीले २ र जसपाले १ सिट पाउने सहमति भएको थियो । तर संयुक्त समाजवादीहरूले त्यो खाकाप्रति असन्तुष्टि व्यक्त गरे।

अहिलेको बैठकले सकेसम्म समाजवादीलाई एकताबद्ध भएर सहमतिमा पुग्ने प्रयास गर्ने नेताहरुले बताएका छन् । सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अगाडि बढ्ने प्रयास गरिन्छ । नत्र माओवादी केन्द्रले एउटा सिट त्याग्नुपर्ने अवस्था आउन सक्छ,’ बैठकमा सहभागी एक नेताले भने ।आगामी माघ ११ गते राष्ट्रियसभाका १९ सिटका लागि निर्वाचन हुने र सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

श्रोत केन्द्रबिन्दु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको