जेलमा ट्रम्पद्वारा आत्मसमर्पण, २० मिनेटमै रिहा


काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरूले पनि फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि ट्रम्पलाई कैदी नम्बर दिएर फोटो लिनुका साथै शारीरिक हुलियाको पनि रेकर्ड राखिएको थियो । आत्मसमर्पण गर्दा ट्रम्पको औंठा छाप र अनुहारको फोटो लिइएको छ ।

जेलमा २० मिनेट बिताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेलमा पुग्दा उनका समर्थकहरू पनि भेला भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको