पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय


Deep Diamond

एजेन्सी, साउन २० गते ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन्।

तोशाखाना भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री खानलाई अदालतले दोषी ठहर गरेपछि प्रहरीले लाहोरस्थित घरबाटै उनलाई पक्राउ गरेको हो।

उनलाई इस्लामावादको एक अदालतले तोशाखानाबाट गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार यो फैसलासँगै उनी आगामी पाँच वर्ष चुनाव लड्न पाउने छैनन्।

यता, खानको पार्टी पीटीआईले फैसला पक्षपातपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको