कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा पुग्ने ८ टोली


एजेन्सी । एसियाली राष्ट्र कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ ।

गएराति पोर्चुगल र स्विट्जरल्याण्डको खेल सकिएसँगै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा डेब्यु खेलाडी कोन्सालो रामोसले प्रतियोगिता कै पहिलो ह्याट्रिक गोल गरि पोर्चुगललाई ६-१ गोलको जित दिलाए ।

यसपटक साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्याण्ड, नेदरल्याण्ड्स, मोरक्को र पोर्चुगलले क्वाटरफाइनलको यात्रा तय गरे ।

यस्तै पहिलो क्वार्टरफाइनलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शुक्रबार राति ८ः४५ देखि सुरु हुनेछ भने सोही दिनको राति १२ः४५ बजे हुने दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल शनिबार राति ८ः४५ देखि सुरु हुनेछ ।

त्यस्तै, अन्तिम तथा चौथो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल शनिबार राति १२ः४५ देखि सुरु हुनेछ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको