
नर्वेकी क्रिस्टिन हरिलाले हिमाल आरोहणमा नयाँ कीर्तिमान बनाएकी छन् । उनले २९ दिनमै ८ हजार मिटरभन्दा अग्ला ६ हिमाल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।
योसँगै हरिलाले नेपाली आरोही निर्मल पुर्जाको रेकर्ड भंग गरेकी छन् । निर्मलले ३१ दिनमा विश्वका ८ हजार मिटरका ६ अग्ला हिमाल आरोहण गरेका थिए ।