बर्दिबास नगरपालिका वडा न ११ मा १२ सय मिटर सडक बिस्तार


विशाल बस्नेत

४ फागुन । बर्दिबास ११ खयरमारा कि इश्वरी बुढाथोकी ४ बर्षसम्म स्थानिय सरकारले आफ्ना ठाउँमा गरेका बिकाशका कामहरु देखेर दङ्ग छिन ।

स्थानिय तहको निर्वाचनको मिति तय भएसगै जनप्रतिनिधिको कार्याकाल अव ३ महिना भित्र सकिन्छ ।

५ बर्षको कार्याकालमा अन्य जिल्लाको तुलनामा मधेश प्रदेशमा निर्वाचन असोजमा भएको हुँदा यहाँका स्थानिय तहको कार्याकाल अझै ६ महिना बाकी छ ।

तर ४ बर्ष ६ महिनामा बर्दिबास(११ खयरमारामा जनप्रतिनिधिको सक्रियतामा बनेका बिकाशका संरचना र आधारहरु प्रसंसा गर्न लायक भएको बुढाथोकी वताउछीन ।

नगरपालिकाको नै बिकट कर्णाली भनेर चिनिने खयरमारामा थापा मात्र हैनन जोकोही सर्वसाधारण बिकाशका कार्यहरुमा खासै गुनासो गर्ने ठाउँ नरहेको बताए ।

बिकाशका पुर्वाधारमध्य यातायात महत्वपूर्ण मानिन्छ । उत्पादित बस्तुहरुलाइ बजारसम्म पुर्‍याउनेदेखी सर्वसाधारणलाइ एक ठाउँवाट अर्को ठाउँमा जान यातायातलाई नै मुख्य पुर्वाधार हो ।

यही बिषयलाइ मध्यनजर गर्दै बर्दिबास(११ मा जनप्रतिनिधिहरुको कार्याकालभरी झण्डै १२ सय मीटर सडक स्त्तरोन्न्ती भएका छन । यही १२ सय मिटर सडक अन्तर्गत कतै २० फिटका सडक बनेका छन भने कतै ४० फिटसम्मका चौडा सडक बनेका छन ।

धेरैजसो सडकहरु खयरमारा बजारमा छन भने बाकी सडक भित्री गाउँहरुमा रहेका छन । यो अवधीमा १२ सय मीटर सडक स्त्तरोन्न्ती, ६ सय मिटर नया ट्र्याक, ५ सय १० मिटर ढलान, ४ सय ५० मिटर कालोपत्रे, टेण्डरमा गएको ८ सय ५० मिटर भएको वडाले जानकारी दिएको छ । कोभिड(१९ का कारणले काम गर्न नपाउदा यातायातमा नै छुट्याएको झण्डै १ करोड ६५ लाख रुपैया फ्रीजमा गएको वडा अध्यक्ष धन बहादुर लामाले जानकारी दिए ।

लामा माओबादी केन्द्रवाट निर्वाचित जनप्रतिनिधि हुन । अघिल्लो स्थानिय तहको चुनावमा बर्दिबास(११ मा अध्यक्ष सहित प्यानल नै विजयी भएको थियो ।

बर्दिबास(११ मा नगरपालिकावाट यो अवधीमा पहिलो बर्ष १ करोड ६५ लाख, दोश्रो बर्षमा ४३ लाख, तेस्रो बर्ष १ करोड ८४ लाख, चौथो बर्ष ९२ लाख बिनियोजित भएको थियो ।

यो समाचार हिजोको दिनमा सम्प्रेषण हूदा सम्पादकीय टिमवाट भएको यो त्रुटिप्रती हामी सम्पुर्ण क्षमाप्रार्थी छौ । १२ सय मिटर हुनुपर्नेमा १२ सय किलोमीटर भुलबस हुन गएको त्रुटिप्रती क्षमा माग्दै देखिने बिकाशलाइ कुनै नियोजित ढङगवाट प्रोपोगन्डा र भ्रम छर्न खोजेको भने पक्कै हैन । पाठकहरुलाइ भ्रम नहोस भनेर हामीले सच्याएका छौ । यहाँहरुले औल्याइदिनुभएको त्रुटिप्रती हामी सदैव ऋणी छौ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको