धनीराम कोरी ।
कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउपालिका वडा नं २ भरवलियामा हिन्दु युवा शक्ति कपिलवस्तु संगठनको गाउँ कमिटी गठन भएको छ ।
मायादेवी गाउपमलिका अध्यक्ष देवेन्द्र वर्माको अध्यक्षता मा १३ सदस्य गाउ समिति गठन गरिएको हो ।
अध्यक्ष कनिक लाल यादव , बरिष्ठ उपाध्यक्ष ध्रुव बनिया , कोषाध्यक्ष त्रिलोकी पासवान , सचिव कनिक, राम बढई , सह–सचिव मुन्नु लाल अग्रहरी र प्रवक्ता राम किसुन बढई सहितको १३ सदस्य रहेका छन ।
कार्यक्रममा बोल्दै ( संघे शक्ति कलयुगे )हामी सबै मिलेर हन्दु धर्मको बारेमा जानकारी गराउनु पर्छ । यस नव गठित समितिले गौ रक्षा र हिन्दुहरु माथि कुनै पनि प्रकार घटना कसैले ग¥यो भने त्यसको सशक्त रुपमा विरोध गर्ने हिन्दुहरुलाई संगठित गर्ने, आफ्नो संस्कृतिलाई जोगाउने प्रमुख उद्देश्य रहेको हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष फागुराम पाण्डेय बताए ।
उक्त कार्यक्रममा हिन्दु युवा शक्ति का अध्यक्ष फागुराम पाण्डेय , प्रवक्ता मोतिलाल मिश्रा , प्रेस सल्लाहकार धनी राम कोरी , हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र बर्मा , मायादेवी ६ का वडा स्तरीय हिन्दु युवा शक्ति का अध्यक्ष धनराज यादव र सचिव इन्द्रजीत यादव लगायत अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो ।









