गुगलले मेल अनसेन्ड गर्ने फिचर उपलब्ध


६ असोज, काठमाडौं । के तपाईंले कहिले काहिँ ईमेल पठाइसकेपछि त्यो मेलमा केही छुटेको थियो वा केही त्रुटि भएका कारण नपठाएको भए हुन्थ्यो भनेर महसुस गर्नुभएको छ मेल गरिसकेपछि नपठाउन पाए हुन्थ्यो भन्ने सोच पक्कै आएको छ होला ।

प्रयोगकर्ताले भोगिरहेको यस्तो समस्यालाई समाधान गर्न गुगलले मेल अनसेन्ड गर्ने फिचर उपलब्ध गराएको छ । हाल कम्पनीले ३० सेकेन्डसम्म ईमेल अनसेन्ड गर्न सकिने सुविधा दिएको छ ।

यो सुविधा प्रयोग गर्न आज हामी तपाईंहरूलाई प्रक्रियागत रुपमा जानकारी दिँदैछौ ।

त्यसका लागि जब तपाईं कसैलाई ईमेल लेखेर सबै तयारी गरी अन्तिममा ‘सेन्ड’ बटनमा क्लिक गर्नुहुन्छ, तब बायाँ साइडमा एउटा सानो नोटिफिकेशन बक्स देखापर्छ ।

उक्त नोटिफिकेशन बक्समा तपाईंले Undo’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी तपाईंले तत्कालै उक्त ईमेललाई जानबाट रोक्न सक्नुहुनेछ ।

यो विकल्प बढीमा ३० सेकेन्डसम्म रहन्छ । यदि ३० सेकेन्ड छैन भने तपाईंले जिमेलको सेटिङमा गएर मिलाउनुपर्ने हुन्छ ।

त्यसका लागि सेडिङमा गई त्यहाँ देखिने‘ See all setting’ मा गएर‘Undo Send’ अन्तर्गत ‘send cancellation period’ ’ मा गई ५, १०, २० वा ३० सेकेन्डसम्म कुनै छनोट गर्न सक्नुहुनेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको