अफगानिस्तानबाट ५०४ जना नेपालीलाई उद्धार , ३५६ जना उद्धारको पर्खाइमा


७ भदौ । द्वन्द्वग्रस्त अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई बिभिन्न मित्रराष्ट्रहरूको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो ।

‘अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको वेब पोर्टलमा आइतबार साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले उद्धारको लागि आफ्नो नाम दर्ता गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको