सप्तकोशी किनारमा रिसोर्ट बन्दै, टापु सफरिङदेखि पारासाइलिङसम्मका सुविधा


५ भदौ, काठमाडौं । कोरोना महामारीबाट पर्यटन क्षेत्र समस्यामा रहेका बेला पूर्वी नेपालको सप्तकोशी नदी किनारमा हिजोआज धमाधम रिसोर्ट निर्माणको काम भइरहेको छ ।

उदयपुरको बेलका नगरपालिका–८ सोमबारेमा बेलका बीच फार्म हाउसले १० करोड रुपैयाँ भन्दा बढी लगानी गरेर रिसोर्ट निर्माण गरिरहेको छ ।

गत वर्षदेखि निर्माण शुरु भएको रिसोर्टको ५० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक रमन भट्टराईले जानकारी दिए । उनका अनुसार आगामी दशैं अगाडि नै उद्घाटन गर्ने गरी काम भइरहेको छ ।

सञ्चालक भट्टराईका रिसोर्ट ४० कठ्ठामा फैलिएको छ । जल यातायातका विभिन्न प्याकेजसहित रिसोर्ट सञ्चालन हुने उनले बताए । रिसोर्ट तयार हुँदासम्म जल यातायातका साधन, जग्गा समेत गरी १० करोड रुपैयाँ लगानी हुनेछ ।

 

रिसोर्टले सप्तकोशीमा मोटरबोट सञ्चालन गर्न शुरु गरिसकेको छ । रिसोर्टमा सप्तकोशी आइल्याण्ड ९टापु० सफारीदेखि जेट स्की, पारासाइलिङ, स्पीट बोट, बानाना बोट लगायतका प्याकेज राखिने भट्टराईले बताए ।

‘रिसोर्टमामात्रै २ करोड रुपैयाँ लगानी हुँदैछ, रिसोर्टको जग्गा र मोटर बोटहरुसमेतमा गरिएको लगानी १० करोडमा पुग्छ भन्ने अनुमान गरिएको छ’ उनले भने, ‘यो रिसोर्ट केवल आउने, खाने र बस्नेमात्रै होइन, भरपुर मनोरञ्जन दिने गरी बनाइएको हो ।’

उद्घाटनको पहिलो ३ महिना पाुहनाहरुका लागि विशेष छुटका साथ २ वटा प्याकेज उपलब्ध हुने उनले बताए । कम्पनीले आधा दिन र पूरा दिनको दुईवटा प्याकेज ल्याउनेछ । आधा दिनको प्याकेज १ हजार र पूरा दिनको प्याकेजको २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

‘हाफ डेको प्याकेज लिने पाहुनाहरु विहानको ब्रेक फास्ट गर्नुहुन्छ अनि प्यारासाइलिङ अथवा जेट स्कीमा सप्तकोशी सफर गर्दै आइल्याण्ड पुग्नुहुनेछ’ उनले भने, ‘आइल्याण्डको रमाइलो घुमघाम पछि उहाँहरु रिसोर्टमा आएर खाना खानुुहुनेछ, उहाँहरुका लागि स्वीमिङ पनि उपलब्ध हुन्छ ।’

पूरा दिनको प्याकेज लिनेहरुले भने एक रात र दुई दिनको सुविधा पाउनेछन् । सञ्चालक भट्टराईका अनुसार पारासाइलिङ, जेट स्की, स्वीमिङ, आइल्याण्ड सफारीका साथै नाइट स्टेसम्मको सुविधा उपलब्ध हुनेछ । यो प्योकजमा भोलिपल्टको खाजासमेत उपलब्ध हुनेछ ।

वनलायन खबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको