सुरेन्द्र महतो ( मलेसिया )
३२ साउन, मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलो अधिबेशन सम्पन्न भएको छ।
आईतबार मलेसिया समय अनुसार दिउसो १२ बजेदेखि नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमको अध्यक्षता नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्किको प्रमुख अथित्यता, नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि।सि।एम मोति श्रीसको बिशिस्ट अथित्यतामा भर्चुअल माध्यमबाट अधिबेशन सम्पन्न भएको हो ।
अधिबेशनले अर्जुन सिंह अनुरागिको अध्यक्षतामा नयाँ समिती चयन भएको छ भने उमेद्वारी नपरेका केही पद बाकि रहेको र बाकि रहेका पदमा नया समितिले चयन गरेर जाने गरि तयारी गरिएको छ। निर्वाचन समिति संयोजक तिलोचन गौतमले घोषणा गरेको समितीको,उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंग बहादुर मुक्तान,सचीवमा लाल बहादुर ओली, कोषअध्यक्षमा विशाल श्रेष्ठ,सह(कोसाध्यक्षमा प्रेम बिस्ट अन्जान,सञ्चार बिभाग प्रमुखमा भिम लुहार रहनुभएको छ। त्यस्तै सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास रहनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्कीले बिश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसंग सहकार्य गरेर कटिबद्ध भई लागि पर्न अनुरोध गर्नुभयो । बिशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि।सि।एम मोति श्रीसले पछिल्लो समयमा मलेसियामा अत्यधिक कोरोना महामारी बढिरहेको र हालसम्म १०० जना बढि नेपालीले ज्यान गुमाएको दुखत खबर सुनाउदै यसबाट बच्ने उचित उपाय भ्याक्सिन नै भएको हुदा सबैलाई खोप लिन र सरकाले जारी गरेको क्इए अनिवार्य पालना गर्न अनुरोध गर्नुभयो साथै श्रमिकको समस्या समाधानमा दुताबासका तर्फबाट हुने सहयोग सदैब हुने र सहकार्य गरेर अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।
नेपाली मजदुर एकता समाज मलेसिया समितिका निबर्तमान बरिस्ठ उपाध्यक्ष अर्जुन सींह अनुरागीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्दै जोहोर मलेसिया अध्यक्ष हरि बहादुर बस्नेत, श्रमिक अगुवा रमेश मल्ल सन्दिप खड्का गैर अवसिय नेपाली संघ मलेसियाका महासचिव रन्जित कुमार क्षेत्रि,सुदुर पश्चिमेली नेपाली समाज, मलेसियाका अध्यक्ष तुलाराम धामी,सुदुर पश्चिमेली नेपाली समाज जोहोरका अध्यक्ष तिलक चन्द ठकुरी,नेपाली मजदुर एकता समाज केन्द्रिय समिति सदस्य तथा भारत समिति अध्यक्ष भरत पौडेल नेपाली मजदुर एकता समाज कोरिया संयोजक निकेश अले,ब्राजिल संयोजक तथा संचार बिभाग प्रमुख लेखा राना प्रिया, पत्रकार तिलोचन गौतम, भिम लुहार नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लगायतका बक्ताहरु श्रमिकको समस्या समाधानमा सदैव अगाडि बढ्न र जुनसुकै बेला आफुहरु समेत सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।
यसैबीच अध्यक्ष पदमा चयन हुनुभएको अर्जुन सिंह अनुरागीले सबैको सुझाव सल्लाह र सहयोगमा मलेसियाका सम्पूर्ण संघ संस्थासँग सहकार्य गरेर मलेसियामा दुस्खमा परेका नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई आपतकालीन अवस्थामा रहनको लागि आपतकालीन आवासको ब्यवस्थापन गर्ने प्रकिवद्धता ब्यक्त गर्नु भएको छ । साथै उहाले समस्यामा रहेका श्रमिकहरु सहज रुपमा नेपाली दूतावास जान सक्ने वातावरण सिर्जना गर्ने र मलेसियाका विभिन्न क्षेत्रमा सम्भावना भए पाक्षीक रुपमा नभए मासिक रुपमा भएपनि सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताउनु भएको छ।
नयाँ कार्य समिति चयन भएपछि नया कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै निबर्तमान अध्यक्ष
राम प्रसाद सुबेदी संगमले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नयाँ समितिले पनि बिश्वभर छरिएका मजदुरका समस्या समाधानका निम्ति आवश्यक परे सबैसंग सहकार्य गरेर अगाडि बढ्न अनुरोध गर्नुभयो । साथै उहाले आफु जुनसुकै परिस्थितिमा भए पनि नैतिक भौतीक आर्थिक हिसाबले नेपाली श्रमिकको पक्षमा गर्न सक्ने सहयोग सदैव गर्न तयार रहेको बताउनु भयो ।
मजदुरका लागि मजदुर भन्ने मुल नारा, उद्देश्य र गैरसरकारी, गैरराजनीतिक तथा गैरमुनाफामुखी रहने प्रतिबद्धता सहित नेपाली मजदुर एकता समाज दुई बर्ष अगाडी स्थापना भएको संस्थाको मलेसिया समितिको पहिलो अधिबेशनको सञ्चालन
नेपाली मजदुर एकता समाजका केन्द्रीय समितिका महासचिव समर्पण भट्टराईले गर्नुभएको थियो।