गानीले देश छाडेपछि अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा


३२ साउन, काठमाडौं । अफगानिस्तानको मुख्य शहर काबुल प्रवेश गरेपछि राष्ट्रपति गानीले देश छोडेका हुन् । देश छोडे पछि विद्रोही संगठन तालिवानले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेको छ ।

आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहले देश छाडेपछि तालिवानले राष्ट्रपति कार्यालय कब्जा गरेको बीबीसीमा जनाइएको छ ।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि गनीले देश छाडेका हुन् । उनले देशको सङ्कट सुल्झ्याउने अधिकार राजनीतिक नेताहरूलाई सुम्पिदै देश छाडेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको