
३२ साउन, काठमाडौं । अफगानिस्तानबाट भागेपछि राष्ट्रपति अशरफ घानीले देशमा रक्तपात रोक्नका लागि आफूले यस्तो कदम उठाएको प्रतिक्रिया दिएका छन्।
आइतबार अफगानिस्तानबाट भागेका उनले सामाजिक सञ्जालबाट देश छाड्नुका कारणबारे पहिलोपटक प्रतिक्रिया दिएका हुन्।
उनले आफू रहँदा तालिबान काबुल प्रवेश गरेपछि झडप हुने र त्यसले लाखौं मानिसको जीवन खतरामा पर्न सक्ने भएकाले देश छाडेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ुमलाई एक निकै कठिन फैसला गर्नु थियो, कि त म सशस्त्र तालिबान जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहिरहेका थिए, उनीहरुको अगाडि उभिउँ या फेरि आफ्नो देश जसको बिगत २० वर्षदेखि सुरक्षाका लागि मैले जीवन व्यतित गरें त्यसलाई छोडिदिउँ।ु
ुयदी त्यसबीचमा धेरै मानिस मारिएको र काबुल ध्वस्त भएको देख्न परेको भए ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुने थियोु उनले भनेका छन्।
तालिबानले तरबार र बन्दुकको भरमा जित हासिल गरेको उनले उल्लेख गरेका छन्। अब देशका नागरिक र उनीहरुको इज्जत हिफाजतको जिम्मेवारी तालिबानमाथि रहेको उनले बताएका छन्।
घानीले भनेका छन्, ुतर उनीहरुले मानिसहरुको मनलाई जित्न सक्दैनन्। इतिहासमा कसैलाई पनि शक्तिले यो हक प्राप्त भएकोछैन र मिल्ने पनि छैन। अब उनीहरुले एक ऐतिहासिक परीक्षा सामना गर्नुपर्नेछ, अफगानिस्तानको नाम र इज्जत बचाउने या अरु इलाका र नेटवर्क।ु
धेरै अफगानी अनिश्चित भविष्यका बारेमा चिन्तित रहेको बताउँदै घानीले तालिबानका लागि सबै जनताको, पूरै राष्ट्रको, समाजका सबै बर्ग र अफगानिस्तानका महिलालाई उनीहरुको मन जित्ने एकिन दिलाउन चुनौती रहेको उल्लेख गरेका छन्।
देश छोडेपछि पहिलो प्रतिक्रिया दिएपनि आफू अिहले कहाँ छु र के योजना छ भन्नेबारे उनले केही नखुलाएको बीबीसीले उल्लेख गरेको छ।