शरीरमा अक्सिजन बढाउने भनिएका यी विधिहरू गलत ।


BBC 

महामारीको घातक दोस्रो लहरसँग जुझ्दै गर्दा भारतको स्वास्थ्य सेवा प्रणाली चर्को दबावमा परेको छ।

उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै छन्।कतिपयहरू अनलाइनमा भएका गलत र भ्रामक सूचनाका भर परेका छन्।

शरीरमा अक्सिजनको मात्रा बढाउने घरेलु उपायका नाममा उनीहरू गलत उपचार अपनाउँदैछन्।कोभिड हुँदा शरीरमा अक्सिजन तह कति हुनुपर्छ, कम भए के गर्ने

के तपाईँलाई अक्सिजन नपाउने चिन्ता छ
के हुन त्यस्ता भ्रामक उपचार विधि

नेबुलाइजरले अक्सिजन दिँदैन
एक चिकित्सकले अक्सिजन सिलिन्डरको साटो औषधिलाई मसिनो गरी छर्कन मिल्ने एक उपकरण नेबुलाइजरबाट अक्सिजन लिन सकिने भनेर गरेको दाबी सामाजिक सञ्जालमा फैलिएको छ।

फेसबुक, ट्विटर र ह्वाट्सएपमा फैलिएको सो पोस्टमा ती चिकित्सकले हिन्दीमा बोल्दै ुहाम्रो वातावरणमा प्रशस्त अक्सिजन रहेको र त्यसलाई नेबुलाइजरले दिन सक्नेु भनेका छन्।

उनले नाम लिएको राजधानी दिल्लीनजिकै रहेको अस्पतालले उनको भनाइ खण्डन गर्दै त्यस्तो भनाइका पछाडि कुनै प्रमाण वा वैज्ञानिक तथ्य नभएको बताएको छ।

अरू मेडिकल विज्ञहरूले पनि त्यस्तो विधि अक्सिजन आपूर्ति गर्न प्रभावहीन हुने बताए। भाइरल भिडिओको स्क्रीनशट ती चिकित्सकले पछि अर्को भिडिओ जारी गर्दै आफ्नो सन्देश गलत बुझिएको भनेका छन्।

नेबुलाइजरले अक्सिजन सिलिन्डर विस्थापन गर्न नसक्ने उनले बताएका छन्।तर उनको भाइरल भिडिओ अनलाइनमा अझै फैलिरहेको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो हालैको सम्बोधनमा सो भिडिओको स्क्रीनशट प्रयोग गरे।

उनले ुकैयन् चिकित्सकहरूले सामाजिक सञ्जालमार्फत अनि फोन र ह्वाट्सएपमार्फत् परामर्श दिइरहेकोु भन्दै गर्दा उक्त स्क्रीनशट देखाइएको थियो तर त्यसमा आवाज भने थिएन।

यी जडीबुटीले पनि अक्सिजन बढाउँदैन
भारतका सामाजिक सञ्जालहरूमा अक्सिजन स्तर घटिरहेका जस्ता कोभिडका लक्षणसँग जुझ्न विभिन्न जडीबुटी तथा घरेलु उपायहरू सुझाइएका छन्।

एउटा निकै फैलिएको पोस्टमा कपुर, ल्वाङ, ज्वानो तथा युक्लिप्टस तेलको मिश्रणले कोभिडका बेला अक्सिजन स्तर बनाइराख्न सघाउने सुझाव दिइएको छ।

तर त्यसले कोरोनाभाइरस बिमारीलाई सघाउने कुनै प्रमाण छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको