घर फर्कंदै गर्दा अध्यक्ष रोकाको भिरबाट खसेर मृत्यु ।


रोल्पा, २६ चैत । रोल्पा जिल्लाको लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ ।

छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु भएको हो ।

खुङमा भएको जग्गा विवादको छलफलमा भाग लिई फर्कनेक्रममा अध्यक्ष खसेको बाटो निकै साँघुरो भएको प्रहरीले जनाएको छ ।

६५ वर्षका अध्यक्ष रोका बाटोबाट खस्‍नेबित्तिकै कुलोको पानीमा डुब्न पुगेका थिए । उनलाई गम्भीर घाइतेको अवस्थामा उद्धार गरिए पनि पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले मृतक रोकाको पोस्टमार्टम गरिएको बताए । माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित उनी साविकको हार्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको