
बुधवार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँले वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, बुधवार चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।