देशको काठ कुहाउने, बाहिरबाट काठ ल्याउने अनि समृद्धिको नारा लगाउन मिल्छ : वन मन्त्रीले राय


२१ चैत्र, महोत्तरी ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ महोत्तरीको दोस्रो जिल्ला अधिवेशन तथा साधारण सभालाई महोत्तरीको बर्दिबासमा सम्बोधन गर्दै राष्ट्रिय वन क्षेत्र प्रदेश सरकारको मातहतमा रहेको र व्यवस्थापनामा संघीय सरकारले हस्तक्षेप गरेको प्रदेश २ का वन मन्त्री राम नरेश रायले बताएका छन् ।
संघीय सरकारले संविधानले दिएको अधिकार पनि खोसिरहेको छ,’मन्त्री रायले भने,‘ संघिय सरकार राजा हो र ? संविधान भन्दा माथि हो ? संविधान भन्दामाथि हो भने हामी हातमा हात राखेर बस्दैंनौं ।’प्रदेश सरकारले वन व्यवस्थान गर्न वन ऐन बनाएको बताउँदैं उनले भने,‘हामी आफ्नो मातहतको वन क्षेत्र आफ्नै ऐन अनुसार व्यवस्थान गर्छौं ।’

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य उमेश दाहालले प्रशासन र वन कार्यालले आफुहरुलाई तस्कार मात्रै देख्ने गरकोे टिप्पणी गरेका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय महासचिव माधवमनी हुमागाईले सरकारको वन नीति तथा कार्यक्रम मन्न तयार छौं । तर, उद्योगमैत्री कानुन सरकारले वनाउनु बताए ।
सरकारले बुझाएको रकम बराबरको काठ सरकारले तुरुन्त हस्तान्तरण गर्नु पर्नेमा उनले माग गरे । ‘गत बर्षदेखी काठको संकलन तथा विक्री वितरण बन्द छ । हामी यसको विपक्षमा छौं,’उनले भने,‘ जसले गलती गर्छ उसलाई कारवाही गर्नु पर्छ । देशभरीका काठ उद्योगलाई ठप्प गर्न मिल्दैंन ।’
वैज्ञानिक वन व्यवस्थान कार्यविधि खारिज भयो तर, नयाँ वन व्यवस्थान कार्यविधि खोई ? भन्दै उनले सरकारसंग प्रश्न गरे । ‘जंगलको प्राविधिक किसिमले व्यवस्थान हुनु पर्छ,’उनले भने,‘ देशको काठ कुहाउने, बाहिरबाट काठ ल्याउने अनि समृद्धिको कुरा गर्ने ?’
डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख विनोद सिंहले देशभरीमा २० हजार वन पैदवार उद्योगी –व्यवासयी रहेको उनले बताए । ‘कृषि वनलाई प्रवद्र्धन गर्नु पर्छ । राष्ट्रिय वनमा व्यवसायीले वन पैदावार संकलन गर्नु तिर मात्रै लाग्नु हुदैंन,’उनले भने ।
वन निर्देशनालय प्रदेश २ का वन निर्देशक जगरनाथ जैसवालले वन नवीकरणीय श्रोत रहेको उनले बताए । वन ऐन २०७५ वनाएर प्रदेश सरकार वन संरक्षण गर्न अघि बढेको बताए ।
वन कार्यालयले काठ बिक्री वितरण गर्न नसक्दा उपभोक्ताले काठ पाउन नकसेको सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरीका अध्यक्ष कुमार घिमिरेले उल्लेख गरे ।
वातारण मैत्री काठ व्यवसायको आवश्यकता रहेको नेपाल रेन्जर संघ महोत्तरीका अध्यक्ष राजीशरण यादवले उल्लेख गरे । एउटा रुख काट्दा २५ वटा विरुवा रोप्न उनले जोड् दिए ।‘रुख मात्रै काटे मानव जीवनमा ठूलो असर पर्छ,’उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको