बनजंङ्गलमा चारै तिर डडेलो, घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या


पदम तामाङ्ग ।
१३ चैत, बर्दिबास । शुक्रबार एक्कासी बर्दिबास बजार लगायत तराईको अधिकांश भु भागमा आकाश तुवाँलाले ढाकेको छ । बनजंङ्गलमा चारै तिर डडेलो (आगो लागी) भएको हुदाँ याहाँका पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रूलगाय स्थानियहरुलाइ कठिनाई भएको देखिन्छ । तुवाँलो लागेजस्तो देखिने तर घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।
जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण वायु प्रदूषित भएको हो ।
पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । ‘अत्तरियादेखिको हावा तराईमा समेत आइपुगेको छ, भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।
यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना ग¥यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं,’ मौसमविद राजु प्रधानांगले भने ‘यसबारे हमी कन्फर्म हुन सकेका छैनौं ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको