सर्लाहीमा बम बिस्फोट हुँदा…..


९ चैत्र,सर्लाही ।
सर्लाहीको रामनगरमा बम बिस्फोट हुँदा एक महिला घाइते भएकी छन् । बम बिस्फोटमा परी रौतहटको माधवनारायण नगरपालिका ८ पीपरा रजवाडाकी ३५ वर्षीया सुनिता देवी घाइते भएकी हुन् ।

उनको दुईवटा औंलामा घाउ लागेको छ । उनको उपचार गौर अस्पतालमा भइरहेको जनाइएको छ ।

सर्लाहीको रामनगर गाउँपालिकाको खर्बा गाउँ स्थित बागमती नदी नजिक बम बिस्फोट भएको हो । बागमती नदी पारी खेतमा घाँस काट्न गएको बेला साँझ ६ बजे बिस्फोट भएको छ ।

यता सर्लाहीका प्रहरी नायव उपरीक्षक कुवरले घटना रौतहटमा भएको बताएका छन् ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत टुडे पाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको