९ चैत्र काठमाडौँ , रासस । राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी आजै बंगलादेश पुगेकी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री हसिनाबीच राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा।वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा।एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता अघि स्वागत गर्दैै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना ।
आजै यहाँका विदेशमन्त्री डा। मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज ढाका पुगेकी हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।