बर्दिवासमा वेश्यावृति गराएको आरोपमा होटल संचालक पक्राउ


पदम तामाङ ।
३० माघ,बर्दिवास। महोत्तरीको बर्दिवासबाट प्रहरीले होटलमा वेश्यावृति गराएको आरोपमा एक होटलका संचालकलाई नियन्त्रणमा लिएको छ ।

बर्दिबास नगरपालिका–१ स्थित देउराली होटल एण्ड लजमा वेश्यावृति भइरहेको सूचना गोप्य रुपमा दुई जनाले उजुरी गरेपछि होटलका संचालक तिल बहादुर थापालाई नियन्त्रणमा लिई उनी विरुद्ध मुद्दा दर्ता गराईएको छ ।

बिहीवार परेको जाहेरीको आधारमा होटल संचालक थापालाई पक्राउ गरि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरिक्ष बालिस्टर सिंहले बताए ।

उनका जानकारी अनुसार महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको निरिक्ष सिंहले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको