बढ्यो सुनचादीको मूल्य


१९ जेठ,काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको