प्रेमगञ्जको गीत ‘तरबार’ सार्वजनिक


काठमाडौं : भदौ ३ गते रिलिज हुने चलचित्र ‘प्रेमगञ्ज’को तरवार बोलको गीत मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ।

जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन भन्ने मूल विषयलाई चलचित्रमा समेटिएको छ।

चलचित्रका निर्देशक परिच्छेद सेनले प्रेमगञ्जमा चारवटा गीत भएको जानकारी दिए।

पुरुषोत्तम ढुंगेलको गीत र किरण भुसालको संगीतमा बनेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको आवाज छ। गीतमा वेनिसा हमाल, तेज गिरी र सम्पदा बानियाँको अभिनय छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको