देबराज तामाङ
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै पार्टीका दलहरु अहिले घर दैलो अभियानमा गाउँ गाउँमा मतदातालाई मत माग्न व्यस्त रहेका छन् ।
बर्दिबास नगरपालिकामा पनि अहिले स्वतन्त्र बाट उमेदवार दिएका प्रहलाद क्षेत्रीका प्यानल पनि घर दैलो अभियानमा लागी परेका छन् ।
बर्दिबास नगरमा स्वतन्त्र उमेदवारका चुनाव प्रचार प्रसार समितिले आम मतदातालाई जनताको घरमा पुगेर स्वास्थ्य शिक्षा,सडक,खानेपानी लगायत सामाजिक रुपान्तरणका कार्य गर्ने प्रतिवद्धता सहित मत माग्न थालेका युवा नेता नविन झाले बताए।
विगत देखीनै यसै बर्दिबास नगरपालिकामा म समाजसेवा गर्दै आएको हुदा मलाई याहाँका जनताहरुको सबै पिडा समस्याहरु बुझन कठिन छैन र म संग आको जनताको समस्यालाई मैले आजसम समधान पनि गदै आएको छु त्यसैले आज मलाई घर दैलो अभियानमा जनताहरुको समस्याहरु बुझन मलाई सजिलो भएको छ मेयर उमेदवार क्षेत्रीले भने ।
भोलिको दिनमा मेरो प्यानलले बर्दिबबास नगरमा जित्यो भने म मेयर पदमा पाउने सेवा सुविधा समेत नलिई निमुखा समस्यामा अल्झेका जनताहरुलाई दिने छु भनेर नेता क्षेत्रीले प्रतिबद्धता गरे
हामीले प्रहलाद क्षेत्री रोजेका छौ भने आज बर्दिबास नगरले प्रहलाद क्षेत्रीलाई खोजिरहेको छ स्थानिय हरी बहादुर रायमाझीले बताए ।
गाउँमा मत माग्न गएका नगर प्रमुख र उप प्रमुख तथा वडाध्यक्ष सहितको टोलीलाई मतदाताले स्वतन्त्रप्रति उत्साह देखाएका छन् ।









