देबराज तामाङ । अटो बजार बर्दिबास र सिमराले बजाजका ग्राहकलाई नयाँ वर्षमा विशेष अफर बजारमा ल्याएको छ ।
बजाज अटोको आधिकारीक विक्रेता अटो बजार बर्दिबास र सिमराले ग्राहक बर्गलाई लक्षित गर्दै नयाँ उपहार बजारमा ल्याएको हो ।
“१०० गुणा खुसी” स्किम अन्तर्गत ग्राहकले बजाजका हरेक अटो खरिद गर्दा एक सय लिटर पेट्रोल फ्रीमा उपहार दिने गरेको अटो बजार बर्दिबास र सिमराका संचालक अभिषेक झाले बताए । उनका अनुसार यी अफरका साथै शून्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधा समेत रहेको बताए ।
अटो बजार बर्दिबास र सिमराका बजाज कम्पनीका यात्रुबाहक आरई अटो र मालबाहक म्याक्सिमा बिक्रीवितरण गर्दै आइरहेको छ ।
बिदेश वाट फर्किएका र देशमै रोजगारी गर्न लागेका युवाहरूलाई अटो बजार बर्दिबास र सिमराले बिना व्याजमा फाईनान्स सुबिधा दिदै किस्ताको सुबिधा दिएको संचालक झाले जानकारी दिनुभयो ।











