जिल्लामै पहिलोपल्ट आईसीयू एनआईसीयू जस्ता उत्त्कृष्ट सेवाहरु दिँदै, अझै जनसेवा हस्पिटलको यस्तो निर्णय


८ चैत,महोत्तरी । करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको एउटा भब्य भवन, भित्रसम्म पुग्नका लागी प्यासेजसहितको मोटरबाटो, छेउमा ५ थले भवन, भित्ता(भित्तामा टाँसेको ठूला टेलिभिजनका स्क्रिन, छुट्टाछुट्टै क्याबिन झट्ट हेर्दा सवैलाइ कुनै भब्य पाटी प्यालेस जस्तो लाग्छ ।

तर, यो पार्टी प्यालेस भने हैन विगत १५ वर्षदेखि महोत्तरीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनसेवा हस्पिटलको परिवर्तित संरचना हो यो ।

महोत्तरीको बर्दिबासस्थित गौरीडाँडामा हालसालै बनेको यो जति महँगो संरचना देखिन्छ त्यति नै स्वास्थ्य सुविधा पनि विस्तार भएको छ। करिब १६ करोड खर्चेर बनाइएको यो भव्य संरचना सम्भवत मधेश प्रदेश कै उत्कृष्ट संरचना हो । अहिले अस्पतालले १२ जनाको विशेषज्ञ चिकित्सक सेवा दिएको छ । एमडीजिपीसहित ६ जना विशेषज्ञले २४ नै घण्टा सेवा दिइरहेका अस्पतालका संचालक सुमन भुजेलले बताए ।

निजी अस्पताल भएतापनी सबै वर्गमा स्वास्थ उपचार पहुँचमा पुर्‍याउन अस्पतालले सरकारले प्रदान गरेजस्तै स्वास्थ्य बिमा योजना ल्याएको छ । अस्पतालमा प्रभावित क्षेत्र लगायत अन्य ठाउँका बिरामीहरुलाई कार्ड बनाइदिने व्यवस्था गरिदिएको छ । जुन कार्डले उपचारमा छुटसहित सर्वसाधारणलाई राहत हुने विश्वास लिएको भुजेलले भने ।

निजी अस्पतालको भिडभाडमा यो अस्पतालले जिल्लामा नै पहिलोपल्ट आईसीयू, एनआईसीयू, हेभी रिप्लेसमेन्ट, इण्डोस्कोपी सर्जरी, ल्याप्कोसोपी, एपेण्डिक्समा विना सर्जरी उपचार जस्ता उत्त्कृष्ट सेवाहरु दिँदै आएको छ ।

अस्पतालमा विशेषज्ञसहित ६ वटा भेन्टिलेटरसमेत राखिएको छ । जलेश्वर अस्पतालपछी भेन्टिलेटरको सुविधा विस्तार गर्ने जनसेवा अस्पताल जिल्लामा नै दोश्रो बनेको छ ।

एक सय शय्या बेड क्षमता भएको अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेको दाबी गरेको छ । हामी अन्य अस्पतालको तुलनामा मापदण्डका हिसावले निकै अगाडि छौँ कम्युनिकेसन अफिसर विक्रम रौनियारले भने ।

अस्पतालले जिल्लाका सक्रिय पत्रकारहरुलाई समेत स्थायी सुविधाको व्यवस्थापन गरेको छ । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार र पत्रकारका परिवारलाई ५० प्रतिशत छुटमा उपचार सेवा प्रदान गर्ने निर्णय गरेको संचालक भुजेलले जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको