पूर्वपश्चिम राजमार्गमा एक युवकको शव फेला


७ मङ्सिर । सिरहाको लहान नगरपालिकास्थित पडरियामा आज विहान एक पुरुषको शव फेला परेको छ ।

सडक किनारमा सुन्तला रङ्गको टिसर्ट र नेपाली सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको अन्दाजी करिब २८,२९ बर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन सकेको छैन । घटनावारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक डा. तपन दहालले जानकारी दिए ।

युवकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको