प्रदेश २ ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको राष्ट्रपति भण्डारीले गरे प्रशंसा


६ मंसिर महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको समुद्घाटन समारोहमा बोल्दै प्रदेश २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नारीहरुको उत्थानका लागि प्रदेश सरकारले चलाएको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान असाध्यै राम्रो रहेको बताइन् । उक्त अभियान प्रभावकारी ढंगले अगाडी बढाउन प्रदेश सरकारलाई सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले कुरिती, अन्धविश्वास र कुसंस्कारलाई हटाएर देशको विकास गर्न पहिले छोरीहरुको सर्वाङ्गिण विकास गर्नुपर्नेमा जोड दिइन् । उनले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई राष्ट्रव्यापी कार्यक्रमको रुपमा अगाडी बढाउनुपर्ने बताइन् ।

उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरी ऐन ल्याएपनि संघको असहयोगले भर्ना गर्न नपाएको गुनासो गरेका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको