महोत्तरीमा भन्सार छलेर नेपाल भित्र्याईएका ३२ वटा रांगा नियन्त्रणमा


बिष्णु यादव

१६, महोत्तरी । महोत्तरीमा भन्सार छलेर नेपाल भित्र्याईएका रांगा प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार बिहान साढे ५ बजेको समयमा सोनमा गाउपालिक ३ गोबरहियास्थित छिमेकी मुल्क भारतबाट लादै गरेको अबस्थामा प्रहरीले ३२ वटा रांगा र एउटा भैसी नियन्त्रणमा लिएको प्रहरी चौकी रघुनाथपुरका ईन्चार्ज अर्जुन कुमार साहले जानकारी दिनुभयो ।

प्रदेश,जिल्ला र स्थानिय प्रहरीको संयुक्त टोलीले गस्तिको क्रममा खटेको बेला प्रहरीलाई देख्नसाथ तस्कर फरार भएको जनाईएको छ । बरामद गरीएको भैसी र रांगा करीब ४ लाख १४ हजार बराबरको रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको