यामाहाको एमटी १५ बीएस६ बाइक नेपालमा सार्वजनिक, मूल्य कति?


११ असोज । यामाहाको एमटी १५ बीएस ६ बाइक नेपालमा सार्वजनिक भएको छ।

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा महा एक्सचेन्ज मेलामा बाइक सार्वजनिक गरेको हो।

यामाहा बाइक सार्वजनिक सुगम पोखरेल र केन्जल मेहर श्रेष्ठको सहभागितामा बाइक सार्वजनिक भएको हो।

बाइकको सुरुवाती मूल्य ४ लाख ५० हजार रुपैयाँ रहेको छ।

मेटालिक ब्याकको ४ लाख ५० हजार, डार्क म्याट ब्लुको ४ लाख ५० हजार र भमेलियन ४ लाख ५३ हजार रुपैयाँ रहेको छ।

बीएस६ एमटी १५ १८० जनाले बुकिङ गरिसकेका थिए। जसमा आजबाटै वितरण सुरु गरेको हो।

नयाँ बाइकको खरिदमा बाइकमा हेल्मेट, ज्याकेट, स्किड प्लेट, स्टिकर, ट्यांक प्याड, युएसबी चार्जर र सिट कभर फ्रिमा उपलब्ध गराएको छ।

एमएडब्लु इन्टरप्राइजेज्का प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले युवाहरुलाई लक्षित गर्दै एमटी १५ बाइक ल्याइएको बताए।

एमटी १५मा ६ स्पिड ट्रान्समिसन, १५५ सीसीको बाइक हो । एफआई प्रविधि जडान गरिएको छ।

एबीएस प्रणाली भएको बाइकमा २८२ एमएम फ्रन्ट र २२० रियर डिस ब्रेक रहेको छ। १३८ केजीको बाईक रहेको छ।

यामाहाको महा एक्सचेन्ज मेला असोज १५ गतेसम्म चल्नेछ। कम्पनीका सिइओ क्षेत्रका अनुसार कुनै पनि पुरानो बाइकको एक्सचेन्जमा थप १० हजार रुपैयाँसम्म पाइनेछ।

कम्पनीले दशैँलक्षित ८ हजारदेखि १ लाख स्क्रयाच कुपन रहेको छ। हरेक हप्ता एक जनालाई ४ तोला सुन र स्किम अवधिभर ३ जनालाई ४–४ तला सुन दिने घोषणा गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको