३ असोज महोत्तरी । महोत्तरीको समाज उत्थान कल्यान संघका सदस्य विमलेश मण्डलको पहलमा एकै दिन तीन परिवारले आर्थिक सहयोग पाएका छन् । मण्डलले पहल गरेपछि समाज उत्थान संस्थाले पिडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।

धनुषा छिरेश्वरनाथ नगरपालिका वडा नं ९ हतरा टोलोमा बस्ने विरामी गंगा साफीको स्वास्थ्य अवस्थ उपचारमा सहयोग गरेको समाज उत्थानले जनाएको छ । प्यारालाइसिसले थलिएका साफिको उपाचार सहज होस भनि संस्थाले ५ हजार सहयोग गरेको विमलेश मण्डलले बताए ।

त्यस्तै समाज उत्थानले मिथिला बिहारी नगरपालिका ६ सिरसियामा अभिभावक गुुमाएका आरती कुुमारी यादवलाई ५हजार र धनुुषाको औरहि १ का एक विपन्न परिवारलाई १० हजार गरि एकैदिन ३ परिवारलाई २० हजार आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष प्रेम चौधरीले जानकारी दिए ।

सहयोग पाएका परिवार सहयोग पाएपछि खु्ुशी भएका छन् । उनीहरु उपचार गराउँन र खान लाउन समेत धौ धौ भएकाले कष्टकर जीवनयापन गर्दै आएका थिए ।









