विश्व क्रिकेट लिग २ : नेपालले आज ओमानको सामना गर्दै


२९ भदौ,काठमाडौं ।आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्न ओमान भ्रमणमा रहेको नेपालले मंगलबार घरेलु टोलीको सामना गर्दैछ । एआई अमरत क्रिकेट रंगशालामा अपराह्न ४ : १५ बजे नेपालले ओमानको सामना गर्न लागेको हो ।

नेपालसहित ओमान र अमेरिका सम्मिलित सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई सोमबार ५ विकेटले पराजित गरेको छ ।

ओमान र नेपाल दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । पछिल्ला दुई भेटमा ओमानले बाजी मारेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नै काठमाडौंमा भएको त्रिदेशीय सिरिजमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो । त्यस्तै फेब्रुअरी ९ मा भएको खेलमा ८ विकेटले नेपाल स्तब्ध भएको थियो ।

ओमान र अमेरिकासँग चार खेलेको नेपालले अमेरिकालाई भने दुवै खेलमा पराजित गरेको थियो ।

लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ। नेपाल तालिकाको छैटौं स्थानमा छ। ओमान १० खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ भने आफ्नो अन्तिम खेलमा आइतबार ओमानकै सामना गर्नेछ। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि पपुवा न्युगिनी ९पीएनजी सँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। युवा लेग स्पिनर सन्दीप लामिछाने र रोहितकुमार पौडेलको प्रभावशाली प्रदर्शनमा नेपालले दुवै खेलमा जित निकालेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको