सहकारीको ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ


२४ भदौ, सिन्धुपाल्चोक । सहकारीमार्फत रु ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको