२४ भदौ,काठमाडौँ । अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी की उपाध्यक्ष फातिमा सुमार काठमाडौँ प्रवेश गरेकी हुन् । उपाध्यक्षस सुमार केहीबेर अगाडी त्रिभुवन विमानस्थलबाट नेपाल ओर्लिएकी हुन् ।
नेपालका शीर्ष नेताहरुसँग भेट्ने उद्देश्यका साथ नेपाल आएकी फतिमाले सबैभन्दा पहिला एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट्ने कार्यक्रम रहेको बताइएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले एमसीसी पास गर्न दबाब दिएका थिए । तर अहिले भने एमाले एमसीसीको विरुद्धमा रहेको छ ।
ओलीसँग भेट्न सुमार नेतृत्वको टोली उहाँको निवास बालकोट पुग्नेछ । बालकोटमा साढे १ बजेभित्र पुग्ने भनिएको छ ।
उनी नेपाल आएसंगै विमानस्थलमा प्रदर्शन गर्ने झन्डै १५ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।



















