प्रगतीटोल सामुदायिक भवन उद्याटन कार्यक्रम सम्पन्न


२० भदौ, कपिलवस्तु । हिन्दुहरुको महान् चाड हरितालिका तिजको अवसरमा प्रगतीटोल सामुदायिक भवन उद्याटन तथा दर खाने कार्यक्रम आज बुद्धभूमी ९ प्रतीटोलमा सम्पन्न भएको छ ।

बुद्धभूमी नगरपालिकामा संचालित प्रतीभा स्वाबलम्बन समुहकी अध्यक्ष,सीमा परियारको अध्यक्षता,बुद्धभूमी ९ का वडाध्यक्ष खुमानन्द न्यौपाने को प्रमुख आतिथ्य,किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावल को विशिष्ट आथित्य संगै स्थानिय समाजसेवी बुद्धिजिवीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

लगभग ८० घरदुरी भएको प्रगतीटोलमा समुदायमा सामाजिक काम गर्न होस या बैठक बस्ने जस्ता सामान्य समस्याले गुज्रीएको छ । यसरी समस्या ग्रस्त भएको यो प्रगतिटोलमा किर्डाक नेपाल द्धारा संचालित सिड्स कार्यक्रम अन्तरगत प्रतीभा किशोरी संवाद केन्द्र संचालन भयो र त्यसपछि प्रतीभा स्वाबलम्बन समुह गठन भयो ।

आफ्ना समस्याहरु अरुलाई भन्न नसक्ने,एकताको भावनामा कमी भएका र राज्यको पँहुचबाट टाढा भएका यस समुदायका मान्छेहरुमा यो सिड्स कार्यक्रम संञ्चालन पश्चात उनीहरुमा निकै परिवर्तन आएको देखिन्छ । त्यसै अन्तरगत सामुदायिक भवनको अभावको महसुस पश्चात यस प्रतीभा स्वाबलम्बन समुहले किर्डाक नेपालमा सामुदायिक भवनको निर्माणका लागि आवश्यक सहयोग माग गरे अनुसार किर्डाक नेपालले २ लाख बराबर र बुद्धभूमी नगरपालिका बाट सामुदायिक भवनका लागि आवश्यक टिनको सहयोग गर्नु भएको हो ।

समुहको मासिक बैठक,विभिन्न सामाजिक अभियान तथा कार्यक्रम,कोचिङ्ग सेन्टर,बालबगैचा संचालन तथा अन्य कामका लागि अहिले सामुदायिक भवन निकै प्रयोजनमा आएको र यो भवन बनाउनका लागि सहयोग गर्ने किर्डाक नेपाल,बुद्धभूमी नगरपालिका,वडा कार्यालय,सबै जनालाई धन्यवाद दिदै आगामी दिनमा पनि पनि सहयोगको अपेक्षा प्रतीभा स्वाबलम्बन समुहका अध्यक्ष सीमा परियारले गर्नूभएको छ ।

किर्डाक नेपालको यो सानो सहयोगले यति ठूलो सामुदायिक भवन बनाउन समुदायले गरेको कामको उच्च मूूल्याकंन गर्दै सिड्स कार्यक्रमको प्रभावकारीता एकदमै राम्रो भएको र यो महान् चाड तीजमा सबै महिला दिदीबहिनीहरुको निर्णायक तहमा पुगुन र सबै जनाको सबैठाउँमा अर्थपूर्ण सहभागितामा वृद्धि होस भन्ने शुभकामना दिदै यस्ता काम गर्नका लागि किर्डाक नेपाल पनि आगामी दिनहरुमा वडा कार्यालय र समुह संग सदैव तत्पर रहेको किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले बताउनु भयो ।

हरितालिका तिजको शुभकामना दिदै यस प्रगतिटोलमा संवाद कार्यक्रमको प्रभाव निकै परेको र यो सामुदायिक भवनका लागि आवश्यक पैैसा निकै कम भएता पनि समुदायको अगुवाईमा यो भवन बनाउनु निकै प्रशंसनीय काम भएको र अपुरो सामुदायिक भवनको पलाष्टरको काममा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता बुद्धभूमी ९ का वडाध्यक्ष खुमानन्द न्यौपानेले बताउनु भयो ।

करीब २ महिना अगाडी शिलान्यास भएको प्रगतीटोल सामुदायिक भवनमा स्थानिय स्वाबलम्बन समुहको अगुवाईमा सामुदायिक भवन निर्माण कार्य सुरु गरी सम्पन्न गरेर आज सामुदायिक भवनको उद्धाटन तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो । आशा संजाल,संवाद क्लव,अभिभावक,स्थानियको सहभागितामा उद्धाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रतीभा किशोरकिशोरी संवाद क्लवका सदस्य सञ्जय सुनारले संचालन गरेको कार्यक्रममा एकअर्कालाई शुभकामना आदानप्रदान, दर खाने कार्यक्रम र तीजका विभिन्न गीतहरुमा नाच्दै रमाईलो गदैै कार्यक्रम सम्पन्न भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको