महोत्तरीमा रुखबाट लडेर एकजनाको मृत्यु


२० भदौ । रुखबाट लडेर महोत्तरीमा एकजनाको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको हो ।

शनिबार बारीमा रहेको रुखको हाँगा काट्नेक्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए ।

खानको जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको