महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सबैभन्दा शक्तिशाली


२० भदौ । महोत्तरीको स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सबैभन्दा शक्तिशाली बनेको छ।

यसअघि महोत्तरीमा सबैभन्दा प्रभावशाली उपस्थितिमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा फुटपछि निकै कमजोर देखिएको छ।

१५ स्थानीय तह रहेको महोत्तरीमा ७ पालिका प्रमुख र १० पालिका उप्रमुखले ठाकुर नेतृत्वको लोसपा रोजेका छन्। जसपाबाट बहिर्गमनमा परेका महन्थ ठाकुरले नयाँ दल लोसपा गठन गरेपछि ६ पालिका प्रमुख र ९ उपप्रमुख लोसपामा खुलेका हुन्।

जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मठिहानी नगरपालिका, मनरासिसवा नगरपालिका, महोत्तरी गाउँपालिका र एकडाडा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले लोसपा रोजेका छन्। यस्तै औरही नगरपालिका, बलवा नगरपालिका र पिपरा गाउँपालिका उपप्रमुख पनि लोसपामै खुलेका छन्। एक मात्र सोनमा गाउँपालिका प्रमुख र उपप्रमुख जसपामै बसेका छन्।

हालसम्म जसपाका २ सय १९ जनप्रतिनिधिले लोसपामा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए।

जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्र र उपप्रमुख मुनचुन देवी, भंगहा नगरप्रमुख संजिव कुमार साह र उपप्रमुख गंगा देवी सिंह, मठिहानी नगरप्रमुख हरि प्रसाद मण्डल र उपप्रमुख शिवोदेवी साह, मनरासिसवा नगरप्रमुख संजय कुमार सिंह र उपप्रमुख रमिता प्रधानले लोसापमा सनाखत गरेका हुन्।

त्यसैगरी महोत्तरी गाउँपालिका प्रमुख सुनिल राय र उपप्रमुख सीता देवी राय, एकडारा गाउँपालिका प्रमुख रामछविला साह र उपप्रमुख महजवी खातुन, औरही गाउँपालिका उपप्रमुख रेनु झा, बलबा नगरपालिका उपप्रमुख रिता देवी झा र पिपरा गाउँपालिका उपप्रमुख नन्नु कुमारी दासले लोसपामा सनाखत गरेको भंगहाका नगरप्रमुख संजिव साहले जानकारी दिए।

साहका अनुसार लोसापमा सनाखत गर्नेमा पालिका प्रमुख उपप्रमुखसहित धेरै वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य छन्। भदौ २२ गतेसम्ममा छुटेकाहरुले सनाखत गर्न पाउँछन्।

लोसपामा सनाखत गर्ने पालिका प्रमुख तथा उपप्रमुख पूर्व राजपाबाटै निर्वाचित भएका थिए। सोनामा गाउँपालिका प्रमुख राजकुमार यादव र विभादेवी साह भने जसपामै कायम रहेका छन्। उनीहरु दुबै तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। योसँगै अब नयाँ दल लोसपा भने स्थानीय तहमा जिल्लामै शक्तिशाली बनेको छ।

हालसम्म महोत्तरीमा नेकपा एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० मा सनाखत गरेका छैनन्। महोत्तरीमा पिपरा गाउँपालिका प्रमुख विक्रम चौधरी र सम्सी गाउँपालिकाका प्रमुख मो।शेष फारुक हाल एमालेमा छन्। तर उनीहरु दुबै तत्कालिन एमालेबाट भने निर्वाचित भएका होइन्।

पिपरा गाउँपालिका प्रमुख चौधरी तत्कालिन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने सम्सी गाउँपालिका प्रमुख मो।शेष फारुक नकेपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। फारुक पछिल्लो समय एमालेमा लागेका छन्।

महोत्तरीमा गौशाला, बर्दिबास र रामगोपालपुर नगरपालिकामा माओवादीका प्रमुख उपप्रमुख छन् । लोहारपट्टी, बलवा र औरही नगरपालिकामा काँग्रेसका प्रमुख छन् भने लोहारपट्टी नगरपालिका मात्रै कांग्रेसको उपप्रमुख छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको